Share
स्मर्ना मण्डलीलाई पत्र
उत्पत्ति ३ः१४–२४ प्रकाश २ः८–११
कुनै पनि दुई जना विश्वासीहरु समान हुदैनन – जस्तै ।
- तपाईंलाई लोभ्याउने प्रलोभनहरूले अर्को विश्वासीमा थोरै प्रभाव पार्न सक्छन
।
मदिरा नपिउने व्यक्तिले सार्वजनिक ठाँउमा कुनै आकर्षण देख्न सक्दैन;
विश्वासमा आउनु अघि मदिरा पिउने व्यक्ति अझै पनि ती ठाउँहरुको गन्धले
प्रलोभनमा पर्न सक्छ ।
- तपाईंलाई निरुत्साहित गर्ने परिस्थितिहरूले अरू कसैलाई दृढताले भर्नसक्छ ।
- तपाईंको परिस्थितिहरू तपाईंको छेउउमा बसेको व्यक्तिभन्दा पूर्ण रूपमा फरक
हुन सक्छ ।
हतोपदेश ४:२६ त ा पाउहको ह न बाटोलाई वचार गर, र त ा सबै
मागह ि थर होऊन।
तपाईंको हिडने बाटो धेरै प्रकारले अरु विश्वासीहरुको भन्दा फरक हुनसक्छ ।
यो विविधता एसियाका मण्डलीहरूले आफूलाई भेट्टाउने विभिन्न परिस्थितिहरूमा
प्रतिबिम्बित हुन्छ; यी पत्रहरू हेर्दा हामीले पाउँछौं कि दुईवटा मण्डलीहरू ठयाक्कै उस्तै
अवस्थामा थिएनन ।
मैले अघिल्लो पटक मैले प्रार्थना सभामा बोलेको सम्झन सक्नुसक्छ, एफिसीका
विश्वासीहरूले आफ्नो पहिलो प्रेम छोडेका थिए र प्रभुको कामलाई यान्त्रिक तरिकाले
गरे ।
स्मर्ना पूर्णतया फरक थियो; यद्यपि यो एफिससबाट लगभग ६० कि. मी. मात्र टाढा
थियो, त्यहाँको विश्वासीहरूले अवस्था ... एफिसीको भन्दा फरक थियो ।
।
एफिसीमा विश्वासी बन्न अपेक्षा गरिएको भन्दा सजिला थियो । तर स्मर्नामा हुँदा
विश्वासी बन्न धेरै गाह्रो थियो; स्मर्ना दुःख र संकष्टमा रहेको मण्डली थियो – ९ पद
आजको सेवा संकष्टमा रहेको मण्डली चर्चा गनेछौ
१. यस दुःखका विषयहरू
१० पद – यी विश्वासीहरु विश्वायोग्य मानिसहरू थिए । दुःखले तिनीहरूलाई
विश्वासयोग्य बनाएको होइन – तिनीहरू पहिले नै विश्वासयोग्य थिए ।
असल विश्वासीहरुले पनि दुःख सहनु पछ । साँच्चै, .... तपाई जति धेरै प्रभुको लागि
जिउने दृढ संकल्प गर्नुहुन्छ, त्यतिनै तपाईले दुःखको अपेक्षा गर्नुपर्दछ ।
जब प्रभु कलवरीको जति नजिक पुग्नुभयो त्यतिनै धेरै विरोधको सामना गर्नुभयो,
घृणाा सहनुभयो, धेरै मानिसहरूले उहाँलाई त्यागे ।
जब दानियलले प्रार्थना गर्ने मानिस बन्ने संकल्प गरे तब उनलाई सिंहको ओडारमा
फालियो – दानिएल ६ अध्याय ।
तीन जना हिब्रूहरूले सुनको मूर्तिलाई पूजा नगर्ने निर्णय गरेपछि उनीहरूलाई आगोको
भट्टीमा फालियो ।
त्यसैले, परमेश्वरका जनहरुको साथमा पनि यस्तै हून्छ । –तपाईले जति धेरै प्रभुसँग
हिडने दृढ संकल्प गर्नुहुन्छ, त्यति नै धेरै तपाईले शत्रुको विरोधको सामना गर्नुहुनेछ ।
२ तिमोथी ३ः१२ हो, र ख्रीष्ट येशूमा ईश्वरीय जीवन बिताउने सबैले सतावट
सहनेछन ।
संसारले इसाईहरूलाई किन घृणाा गछ ? किनभने तिमीहरू संसारका होइनौ... प्रभुले
यूहन्ना १५ः१९ पदमा भन्नुभएको छ ।
- तपाईले संसारका मानिसहरू जस्तै सोच्नुहुन्न
- तपाईले संसारले जस्तै व्यवहार गर्नुहुन्न
- तपाईले तिनीहरुले जस्तो न्याय गर्नुहुन्न ।
- प्रायः तपाईंको जीवनशैलीले उनीहरूलाई दोषी ठहराउँछ; तिनीहरूले तपाइँलाई
कुनै न कुनै तरिकाले बदाला लिन चाहन्छन । त्यसैकारण तिनीहरूले तपाईंलाई
गाह्रो बनाउन कोशिस गरिरहेका हुन्छन ।
त्यसोभए... यदि म आजको सेवामा तपाईंसँग कुरा गर्दैछु र तपाईंले कसैको हातबाट
दुःख भोग्दै हुनुहुन्छ भने यो केवल तपाईंले परमेश्वरसँग हिंडने इच्छाको कारणले, यो
आशा गर्न सकिन्छ ।
१. यस दुःखका विषयहरू
२. यस दुःखका लक्षणहरू
प्रभुले सतावटको पाँच विभिन्न स्तरहरूलाई सम्बोधन गर्नुहुन्छ ।
क) राजनीतिक रूपमा
।
९ पदको कष्टलाई, १० पदमा पहिचान गरिएको छ, कतिलाई भ्यालखानामा हालिनेछ
जेलमा हाल्ने अधिकार सरकारको हो । त्यसोभए, स्मर्नामा विश्वासीहरूले उच्चतम
सम्भावित स्तरबाट हस्तक्षेपको अपेक्षा गर्न सक्थे – सरकारले कानून र नियमहरू
बाइबलीय शिक्षाको विपरीत र परमेश्वरका जनहरूको अन्तस्करणसँग बाझिएको थियो
।
८१ एडीमा यस पत्रको समयको वरिपरि, इतिहासले हामीलाई बताउँछ कि सम्राट
डोमिटियनले रोममा शासन गर्न थाले ।
रोमी साम्राज्यको फैलावटको रूपमा, अधिक देशहरू यसको नियन्त्रणमा परे जसले गर्दा
साम्राज्यभरि संस्कृति, भाषा र धर्मको विविधता भयो ।
त्यो विविधतालाई रोक्नको लागि, रोमीहरूले वर्षमा एक पटक साम्राज्यका सबै
नागरिकहरू सार्वजनिक रूपमा उसलाई परमेश्वरको रूपमा आफ्नो निष्ठा स्वीकार गर्दै,
’सिजर प्रभु हो’ भन्नु पर्ने थियो । तिनीहरूले यसलाई सम्राटको नेतृत्वमा साम्राज्यलाई
एकताबद्ध गर्ने तरिकाको रूपमा हेरे ।
निस्सन्देह विश्वासीहरूले यसलाई इन्कार गरे र फलस्वरूप ठुलो सतावट भोग्नुपर्यो ।
रोमीहरूले कैद गर्नु भनेको प्रायः सबैभन्दा क्रूर परिस्थितिमा मृत्यु हुनु हो ।
मण्डली र राज्य प्रायः एकअर्कासँग असहमतिमा हुन्छन, फलस्वरूप, यस भूमिमा पनि
घृणा सम्बन्धी कानूनहरू, जातीय कानूनहरू र अन्य धेरै कानुनहरू छन जुन परमेश्वरका
जनहरूको विरुद्धमा सजिलै प्रयोग गर्न सकिन्छ ।
१ तिमोथी २ः१–२– हामीले अधिकारीहरुको लागि प्रार्थना गर्नुपछ ।
- निरंकुशता र राज्य उत्पीडनबाट मुक्त जीवन बिताउने,
- अनि हामी सरकारी हस्तक्षेप बिना अभ्यास गर्न, घोषणा गर्न र हाम्रो विश्वास
राख्न स्वतन्त्र हुन सक्छौं ।
हरेक युगमा यो विषयको लागि प्रार्थना गर्नु जरुरी छ । सरकारहरू परिवर्तन हुँदैनन;
पवित्रशास्त्रका स्तरहरू परिवर्तन हुँदैनन; त्यसैले त्यहाँ सधैं सरकारहरू र विश्वासयोग्य
मण्डली बीच सधै ं विभाजन, तनाव र घर्षण हुनेछन ।
दुःख...राजनीतिक दुःख...
ख) आर्थिक रूपमा
स्मर्ना सबैभन्दा सफल बन्दरगाह हो ।
- यसले बन्दरगाह प्रकृतिक हिसाबले अति मनोरम स्थान थियो ।
- परिणाम स्वरुप जहाजहरूले नजिक र टाढाबाट सामानहरू ल्याउथे ।
- त्यसैले स्मर्नाको अर्थतन्त्र फस्टाउँदै गइरहेको थियो ।
तर मण्डली गरिबीमा थियो – ९ पद । यहाँ प्रयोग भएको शब्दले तिनीहरूसँग पर्याप्त
थिएन भनेर संकेत गर्दछ ।
अमेरिकामा एउटा चलन छ, यहाँ धेरै लोकप्रिय हुँदैछ जसलाई कसैले ’स्वास्थ्य र सम्पत्ति
आन्दोलन’ भन्छन । यस पागलपनलाई पछयाउनेहरूले भने कि यदि तपाईंले आफ्नो धन
वा स्वास्थ्य गुमाउनुभयो भने यो तपाईं प्रभुको इच्छा बाहिर हुनुहुन्छ वा तपाईंको
जीवनमा केही पाप छ ।
तिनीहरूले विश्वासी जीवनको ’नाम र दावी’ गर्ने अभ्यास गर्छन ।
त्यो हो – यदि तपाइँ केहि चाहनुहुन्छ भने, केवल प्रभुलाई नाम दिनुहोस, र यदि तपाईं
उहाँसँग हिंडदै हुनुहुन्छ भने, उहाँले यसलाई आपूर्ति गर्नुहुनेछ, यदि तपाईंले यो प्राप्त
गर्नुभएन भने, यो तपाईंको जीवनमा केही पाप छ ।
स्मर्नाको मण्डली गरिबीमा थियो, तर यो पापको कारण थिएन । वास्तवमा, यो
मण्डलीलाई प्रभुले हप्काउनुभएन ।
उनीहरुको आर्थिक गरिबीका कारण तिनीहरु ख्रीष्टप्रति विश्वायोग्यभएको संसारले
तिनीहरुलाई घृणाको कारण थियो
“स्मर्ना मण्डलीलाई पत्र उत्पत्ति ३ः१४–२४ प्रकाश २ः८–११”
भनेर विश्वास गरिन्छ ।
ट्ट ती विश्वासी कामदारहरूलाई तिनीहरूको पदबाट बर्खास्त गरियो,
ट्ट विश्वासीहरुको व्यवसायलाई सहयोग गरिएन ।
ट्ट तिनीहरूको गरिबी तिनीहरूले सहनु पर्ने कष्टको भाग थियो ।
यद्यपि प्रभुले भन्नुभयो कि तिनीहरू आत्मिक चीजहरूमा धनी थिए – ९ पद दुःख
राजनीतिक रूप देखि ... आर्थिक रूप देखि ...
ग) धार्मिक रूपमा
९ पदमा देख्नसक्छौं ... यहूदीहरूलाई गरिएको सन्दर्भ भनिएको हो । वास्तवमा, स्मर्नामा
ठुलो संख्यामा यहूदी समुदाय थिए ।
प्रेरितको पुस्तक हामीले पठनसक्छा, कि यहूदीहरू सामान्यतया परमेश्वरका जनहरूप्रति
शत्रु थिए – प्रेरित ४ः१७–१८, प्रेरित ७ अध्याय, ८ः१ १४ः१–२
बाइबलमा विश्वास गर्ने मण्डली सधैं संसार मात्र घृणा गर्छ भन्ने होइन । धर्मको दाबी
गर्नेहरूले पनि घृणा गर्न सक्छन । आज सुसमाचार प्रचार गर्न नचाहने मण्डलीहरुले
सुसमाचार प्रचार गर्न चाहने मण्डलीप्रति घृणा प्रकट गर्छन ।
राजनैतिक, आर्थिक, धार्मिक
कहिलेकाहीँ उसले भेडाको भेषमा ब्वाँसोको रूपमा आक्रमण गर्छ – मत्ती ७ः१५ – झूटा
घ) भौतिक रुपमा
१० पद – स्मर्नाको विश्वासीले मुल्य चुकाउनु पर्यो । यो पदले तिनीहरुले भोग्नु परेको
कष्टहरुलाई उल्लेख गरेको छ । हामी हाम्रो विश्वासको लागि शायद कैदमा नहौला, तर
हामीले व्यक्तिगत दुर्वयवहार भोग्न सक्छौं ।
- कार्यस्थलमा; सायद कसैले तपाईलाई लाजमा पार्ने कोसिस गर्यो किनभने
तपाई विश्वासी हुनुहुन्छ; सायद तिनीहरूले तपाईंको विरुद्धमा गोप्य रूपमा
काम गर्नेछन । कसैको घृणाको कुनै सीमा छैन ।
- विद्यालयमा; माध्यमिक विद्यालय एक विश्वासी भएर जीउन हुन गाह्रो ठाउँ
हुन सक्छ; युवाहरू धेरै कटु र घृणित हुन सक्छन । हाम्रा युवाहरूलाई
सम्झनुहोस –विद्यालय र विश्वविद्यालय । सायद तिनीहरूको जीवनमा पहिलो
पटक संसारको घृणााको सामना गर्द होलान ।
- परिवारमा; ख्रीष्टको पक्षमा भएको कारणले गर्दा के तपाईंले कहिलेकाहीं
परिवारका सदस्यहरूबाट समस्या र सतावटको सामना गर्नु भएको छैन? पीडा
भोग्नु राम्रो कुरा होइन .....विशेष गरी जब त्यो पीडा एक परिचित साथीबाट
आउँछ अझै भनौं, परिवारको सदस्यबाट । यसले तपाईंको आत्मालाई दुखाउँछ
अनि चोट पुराउछ ।
राजनीतिक...आर्थिक...धार्मिक रूपमा ..शारीरिक रूपमा ...दुखहरु आउछन ।
ङ) शैतानीक रुपमा
९ र १० पदमा प्रभुले शैतानलाई उल्लेख गर्नुभयो । शैतान तिनीहरूको सबै दुःखको
स्रोत थियो । शैतान शत्रुको रूपमा उसको नाम हो ... उसले मानवताको विरोध गर्दछ
।
शैतानले यो तथ्यलाई बुझाउँछ कि ऊ पुरुष र महिलाहरूको व्यापार
गर्ने वा आरोप लगाउने हो । उसले तिनीहरुका पापहरू परमेश्वरसामु ल्याउछ ।
अ) उसले प्रयोग मानिसहरू
शैतानले यहूदी र अन्यजाति दुवैलाई यस मण्डलकिो विरुद्धमा प्रयोग गर्यो । ऊसँग
आफ्नो शस्त्रागारमा विकल्पहरूको विशाल खानी छ ।
आ) उसले अंगालेका विधिहरू
कहिलेकाहीं, स्मिर्नाको विरुद्धमा, शैतानले सिंहले बाहिर चारैतिर खोजिहिडथ्यो र आक्रमण
गथ्र्यो १ पत्रुस ५ः८
अन्य समयमा उनी सर्पको रूपमा देखा पछ – उत्पती ३ अध्याय– सूक्ष्मता र
सावधानीपूर्वक अनुनयको साथ ।
अगमवक्ताको रूपमा कलह र असहमतिको बीउ छर्न र झूट वा आत्मिक त्रुटि फैलाउने
।
इ) उसले प्रदर्शन गर्ने प्रेरणा
यो परमप्रभुमा घृणा हो जसलाई उसलेले उहाँलाई उत्प्रेरित गछ । किनकि हामी प्रभुका
हौं, शैतानले मलाई पनि घृणा गर्छ र तपाईलाई पनि घृणा गर्छ । अनि तपाई पक्का
हुनुहोस कि जब तपाईलाई दुःख आउँछ, शैतान तपाई देखि धेरै टाढा छैन ।
स्मर्ना संकटको छाल पछि छालबाट गुज्रिरहेको थियो; उनी म्यासेडोनियाका पावलजस्तै
थिइन – २ कोरिन्थी ७ः५ – चारैतिर समस्यामा परेको ।
३. यस दुःखमा स्थीर रहने
१० पदमा प्रभुले भन्नुहुन्छः नडराऊ । दुःख र कष्टबाट डराउनु पर्दैन । यो सहन
सजिलो छैन; यो अक्सर सहन गाह्रो छ; यो एक हृदय विदारक अनुभव हुनसक्छ । तर
तपाईं डराउनु पर्दैन ।
क) प्रावधान
उहाँले सहनको लागि अनुग्रह प्रदान गर्नुहुन्छ – २ कोरिन्थी १२ः९
ख) अवधि
१० पद ...दस दिन...। परमप्रभुलाई यो दुःखको बारेमा सबै कुरा थाहा थियो । यो
कहिले सुरु हुन्छ र कहिले अन्त्य हुन्छ भन्ने उहाँलाई थाहा थियो ।
दस दिनले सीमित अवधिको कुरा गछ । निस्सन्देह, कतिपय पीडाहरू जीवनभरका
हुन्छन र तिनीहरू सहन गाह्रो हुन्छ ।
तर हाम्रो विरुद्धमा आउने अधिकांश कुराहरू सीमित अवधिका हुन्छन । आँधी चाँडै
उडछ;
आगो चाँडै नै निभ्छ ।
ग) प्रतिज्ञा
दुःखले लाभ ल्याउँछ । अक्सर त्यो देख्न र बुझ्न गाह्रो हुन्छ । तर हामीले तुरुन्तै राम्रो
देख्न सक्दैनौं, यसको मतलब त्यहाँ केही पनि भएको छैन भन्ने होइन ।
धेरै वर्ष पहिले एक मरुभूमि टापुमा एक विश्वासी जहाज दुघटनाग्रस्त भएको थियो ।
उनले एउटा झुपडी बनाए र आफूले छोडेका केही सामानहरू भण्डारण गरे । केही
समयपछि उनी खाना खोज्दै घर फर्किएर आफ्नो झुपडी जलेको र धेरै सामान हराएको
भेट्टाए ।
त्यो मानिस पीडित भएको थियो । प्रभुले उसलाई पूरै बिर्सिनुभएको जस्तो लाग्थ्यो ।
भोलिपल्ट बिहान ऊ ब्युँझियो र समुद्रको किनारमा लंगरमा राखिएको जहाज भेट्टायो ।
उनलाई उद्धार गर्न किन रोकियो भनेर सोध्दा कप्तानले जवाफ दिए, ‘हामीले हिजो राति
धुवाँको संकेत देख्यौं, र तपाई मद्दत खोज्दै हुनुहुन्छ भन्ने महसुस गर्यौं ।
उहाँले के गरिरहनु भएको छ भन्ने हामीलाई सधैं थाहा नभए तापनि परमप्रभुले उहाँको
मार्गमा काम गरिरहनुभएको हुन्छ ।
घ) इनाम
११ पद –अनन्त जीवन –जीवनको मुकुट । स्मर्ना सहरलाई ’एसियाको मुकुट’ भनिन्थ्यो
।
यो एशिया माइनरको सबै भन्दा सुन्दर शहर थियो । यसका सडकहरू राम्ररी पक्की र
रूखहरूले भरिएका थिए; यसमा ‘सुनको सडक’ भन्ने सडक पनि थियो ।
यसमा धेरै सुन्दर भवनहरू थिए । यसको सिक्कामा ‘सौंदर्य र आकारमा एसियामा
पहिलो’ लेखिएको थियो । यो सहर ‘एसियाको मुकुट’ भएकोमा गर्व गर्दथ्यो ।
तपाईंले देख्न सक्नुहुन्छ किन प्रभुले जीवनको मुकुट भन्नुभयो । यो उहाँले दिनुहुने
एउटा मुकुट थियो; स्वर्गीय मुकुट; एक मुकुट जो फीका वा कुहिने छैन;
विश्वासीयोग्यहरूको लागि एउटा मुकुट ।
यी विश्वासीहरूलाई कठिन हुँदा एक दिन उनीहरूले यो जीवनको मुकुट प्राप्त गर्नेछन
भन्ने सोचाइलाई निरन्तरता दिने कुराहरूमध्ये एउटा थियो ।
जीवनका सबै कठिनाइ र निराशाहरूमा ... यो सम्झना गर्नु जरुरी छ ः
- पृथ्वीको हृदयको पीडाले स्वर्गलाई अझ आकर्षक बनाउँछ
- पीडाले हामीलाई कुनै पीडा नभएको ठाउँको लागि प्यासी गराउँछ ।
- आँसुले हामीलाई त्यो स्थानको चाहना गराउँछ जहाँ आँसु सबै पुछिनछन ।
- संसारिक जीवनको एक्लोपनले स्वर्गको तृष्णा सिर्जना गर्दछ, जहाँ हाम्रा
प्रियजनहरू हाम्रो लागि पर्खिरहेका छन ।
प्रभुले उहाँको वचनलाई आशिष दिउन ।
Episode Comments